AarthikBikash
आइतवार, माघ १३, २०८१
  • होमपेज
  • राजनीति
  • योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

  • मङ्लबार, साउन १०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

काठमाठौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्यिसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो।

छलफलमा उठेका विषयमा स्पष्ट पार्दै मन्त्री पौडेलले नेपाली महिला मुक्ति आन्दोलनकी अग्रणी योगमायाको नाममा अरुण उपत्यकामा स्थापना हुने सो विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत ल्याई आयुर्वेदिक विषयमा खोज अनुसन्धान हुने बताए।

आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न यो विधेयक ल्याइएको हो। यो विधेयक प्रमाणीकरण भएको ३१औँ दिनदेखि लागू हुनेछ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।

Facebook Comments

सम्बन्धित समाचार