AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप

खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप

  • बिहिबार, भदौ ९, २०७९
खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप

काठमाडौं – खप्तड लघुवित्तको आईपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार बिहीबार बिहानसम्ममा ६ लाख ५५ हजार ६६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो ।

कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे हो ।जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १२ भदौसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्युनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार