AarthikBikash
शुक्रबार, अशोज ३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

  • आइतवार, अशोज ३०, २०७९
नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन्।

प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो। पोखरा– १० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।

सम्बन्धित समाचार