AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

  • शनिबार, कार्तिक १२, २०७९
कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएका स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार