AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

  • सोमवार, कार्तिक १४, २०७९
आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि सोमबार कार्कीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । प्रारम्भीक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार