AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

  • बुधबार, कार्तिक ३०, २०७९
भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

काठमाडौं – भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको थियो । आगलागीमा परी आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो। अस्मितामा सुस्तमनस्थिति र प्यारालाइसिस समस्या रहेको कारण उनी भाग्न नसकेको डिएसपी पाण्डेले बताए ।

घटनामा १४ वर्षकी नित्मा केसी सामान्य घाइते भएकी छन् ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार