AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

  • शुक्रबार, पुस १५, २०७९
प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो । चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार