AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • शनिबार, पुस १६, २०७९
तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं-आज पनि मौसममा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार