काठमाडौं-पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ।
आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो ।
सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ । ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ। तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।
जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।