кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • बिहिबार, माघ १२, २०७९
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं-नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो।

बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।  बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार