AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • श्रीमानको हत्या गरेर शव शौचालयमा पुरियो, ५ वर्षपछि छोरा र श्रीमती पक्राउ

श्रीमानको हत्या गरेर शव शौचालयमा पुरियो, ५ वर्षपछि छोरा र श्रीमती पक्राउ

  • बुधबार, माघ १८, २०७९
श्रीमानको हत्या गरेर शव शौचालयमा पुरियो, ५ वर्षपछि छोरा र श्रीमती पक्राउ

सुर्खेत-भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।

३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ ।

जाजरकोट प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो ।

काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार