AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

  • बिहिबार, साउन ११, २०८०
कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

काठमाडौं-कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिएको मत असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

बिहीबार सर्वोच्चले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति खारेज गरेको हो । सर्वोच्चको यो आदेशपछि यसअघि नै कामचलाउ बनिसकेका थापा पदमुक्त हुने भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार