AarthikBikash
मङ्लबार, साउन ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • लागुऔषधसहित ५ जना पक्राउ

लागुऔषधसहित ५ जना पक्राउ

  • सोमवार, साउन २९, २०८०
लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौं- मोरङ र मकवानपुरबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सबिन विक समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत दुईजनालाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाणी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार