mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाएको छैन – राजेन्द्र लिङ्देन

कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाएको छैन – राजेन्द्र लिङ्देन

  • मङ्लबार, भदौ १२, २०८०
कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाएको छैन – राजेन्द्र लिङ्देन

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई आफ्नो पार्टीले नसघाएको जानकारी दिएका छन् ।

मध्य पूर्वी देशको साताव्यापी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

कोशीमा सत्तारुढ गठबन्धनलाई सघाउने सहमति नभएको बताउँदै उनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको स्पष्ट पारेका छन् ।

‘कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ,’ उनले भने ।

सम्बन्धित समाचार