AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

  • शनिबार, भदौ १६, २०८०
प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भ गरेका छन् । आज विहान पार्टी मुख्यालय पेरिसडाँडामा सो अभियानको उनले शुभारम्भ गरेका हुन् ।

पार्टीलाई जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने संकल्पका साथ तीन महिने अभियान सुरु गरिएको उनले बताए । उनले भने, “नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं ।”

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्ने पार्टीले निर्णय गरेको उनले चर्चा गरे ।

Facebook Comments

सम्बन्धित समाचार