AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

  • बिहिबार, भदौ २१, २०८०
प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाकबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।

Facebook Comments

सम्बन्धित समाचार