AarthikBikash
शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोकाकोला र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धनका लागि सहकार्य

कोकाकोला र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धनका लागि सहकार्य

  • बिहिबार, भदौ २८, २०८०
कोकाकोला र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धनका लागि सहकार्य

काठमाडौं- एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरे । सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको असाधारण मानिएको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीको हातबाट भयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवद्र्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पु-याउने कुरामा जोड दिए ।

यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ । परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ । तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ । दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ । साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ ।

द कोका–कोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, “महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ । माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरूलाई जिवनमा सफल हुनका लागि आवश्यक उपकरण र अवसरहरू प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं ।”

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न मात्र नभइ हामी भविष्यमा दोहो-याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि छौं । हामी कोका–कोला फाउन्डेसनकोे सहयोग प्रति कृतज्ञ छौं र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौं ।”

द कोका–कोला फाउन्डेसनले नेपालको लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तिकरणसम्मका विविध परियोजनाहरूमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ । यस्ता पहलहरूले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ । द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरूसँग साझेदारी निरन्तर गर्दै आएको छ ।

कोका–कोला सिस्टमले ५० वर्षभन्दा बढी समयदेखि नेपालीहरूलाई एकजुट गर्न, मेजरेबल ट्रान्स्फर्मेशन गर्न र नेपालमा विकास ल्याउन प्रयास गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार