AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

  • बुधबार, मंसिर १३, २०८०
सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।

सम्बन्धित समाचार