AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस नेता कोइरालाले भने : प्रचण्ड सरकार असफल भयो, अब माधवलाई प्रधानमन्त्री बनाऔं

कांग्रेस नेता कोइरालाले भने : प्रचण्ड सरकार असफल भयो, अब माधवलाई प्रधानमन्त्री बनाऔं

  • बिहिबार, माघ १८, २०८०
कांग्रेस नेता कोइरालाले भने : प्रचण्ड सरकार असफल भयो, अब माधवलाई प्रधानमन्त्री बनाऔं

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् ।

कावासोतीमा नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्याक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।नेता कोइरालाले भने,’प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न । त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ । प्रचण्ड असफल हुनु भएको छ । अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।’

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार सञ्चालनमा असफल भइसकेको दाबी गर्दै अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए।

नेता कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने बताए । माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने नेता कोइरालाको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार