AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले सरकार बदल्न छलफल गरिरहेको छ : प्रदीप ज्ञवाली

एमालेले सरकार बदल्न छलफल गरिरहेको छ : प्रदीप ज्ञवाली

  • शनिबार, माघ २०, २०८०
एमालेले सरकार बदल्न छलफल गरिरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको समय आएको बताएका छन्।पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि ज्ञवालीले बताए ।

उपमहासचिव ज्ञवालीले भने,‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ। हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन भाष्य बनेको छ, देश छोड्ने अवस्था बनेको छ उनीहरूलाई फर्काउन गाह्रो पर्छ । यो अवस्थाप्रति जिम्मेवार बनौँ भनेर आग्रह गरेका छौँ।’

एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गरेर जाने उपमहासचिव ज्ञवालीले बताए । उनले कांग्रेस र माओवादीबिच अव भिन्नता नरहेको तर्क पनि गरे ।उनले वर्तमान नेतृत्वले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोप्रति कटाक्ष गरे । अदालतको परमादेश मार्फत एमालेलाई सरकारबाट हटाएपछि देश ओरालो लागेको ज्ञवालीको तर्क छ ।

Facebook Comments

सम्बन्धित समाचार