AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : गृहमन्त्री श्रेष्ठ

  • शनिबार, माघ २०, २०८०
भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : गृहमन्त्री श्रेष्ठ

पोखरा-उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्।

पोखरामा  शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

‘सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरु कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ,’ श्रेष्ठले भने।

उनले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार