AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारी जग्गा हडप्ने र सहकारी ठगीमा संलग्नहरु दण्डित गर्नुपर्छ : गगन थापा

सरकारी जग्गा हडप्ने र सहकारी ठगीमा संलग्नहरु दण्डित गर्नुपर्छ : गगन थापा

  • बुधबार, माघ २४, २०८०
सरकारी जग्गा हडप्ने र सहकारी ठगीमा संलग्नहरु दण्डित गर्नुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।महामन्त्री थापाले प्रश्न गरे,‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्। नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन? दण्ड पाउनु पर्दैन? जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्। हातमा तागत, कलम होस्। नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छ?’नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा पनि सरकारले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने बताए ।सुशासनको विषय बोलीमा नभइ व्यवहारमा देखिनुपर्ने र सुशासनका लागि काम भएको जनताले महसुस गर्नुपर्ने उनको भनाइ छ । सरकार पूर्वाग्रही भएर प्रस्तुत हुन नहुने र सरकारको असल काममा संसदले सहयोग गनुपर्ने पनि थापाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार