AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • संसद बैठकमा रवि लामिछानेको प्रश्न : सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो ?

संसद बैठकमा रवि लामिछानेको प्रश्न : सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो ?

  • बुधबार, माघ २४, २०८०
संसद बैठकमा रवि लामिछानेको प्रश्न : सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।सभापति लामिछानेले भने,’पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्। त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?’

उनले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरे। उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरे।सभापति लामिछानेले वर्षौदेखि संसदमा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढङ्गले जान आफ्नो प्रस्ताव रहेको बताए । ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उनले आग्रह गरे ।

उनले भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार