AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • बाँसबारी जग्गा प्रकरण : यस्तो छ रवि लामिछानेको प्रश्न र गृहमन्त्री श्रेष्ठको उत्तर

बाँसबारी जग्गा प्रकरण : यस्तो छ रवि लामिछानेको प्रश्न र गृहमन्त्री श्रेष्ठको उत्तर

  • आइतवार, माघ २८, २०८०
बाँसबारी जग्गा प्रकरण : यस्तो छ रवि लामिछानेको प्रश्न र गृहमन्त्री श्रेष्ठको उत्तर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले गृहमन्त्रीसमक्ष प्रश्न गरेका हुन् । आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो ।बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्दै प्रश्न गरेको हुन् ।बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालिन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ ।सांसद लामिछानेको प्रश्नको जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो–जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए । उनले भने–‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’

यसैबीच गृहमन्त्री श्रेष्ठले उद्योगी अरुण चौधरीलाई अदालतले ‘हाजिर जमानी’ मा छाड्न आदेश गरेकोप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।बैठकमा उनले भने–‘अदालतले दुई दिनभित्र अनुसन्धान सकेर छाड्नु भनेर आदेश गरेको थियो यस्तो आदेश इतिहासमा कुनै अदालतले पनि गरेको थिएन । तर, हामी मान्छौँ ।’बाँसबारीको १० रोपनी जग्गा घोटाला प्रकरणका आरोपीलाई छाडे पनि सरकारले मुद्दा नछाडेको श्रेष्ठले बताए । उनले भने–‘आरोपी बाहिर भए पनि अनुसन्धान चलिरहेको छ ।’

Facebook Comments

सम्बन्धित समाचार