mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक ५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • स्यानटरी प्याड खरिदमा १३ लाख भ्रष्टाचार

स्यानटरी प्याड खरिदमा १३ लाख भ्रष्टाचार

  • आइतवार, फाल्गुन २०, २०८०
स्यानटरी प्याड खरिदमा १३ लाख भ्रष्टाचार

धनुषा-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुरमा यादव,उपप्रमुख शिलादेवी कापर,प्रमुख प्रकाशसकीय अधिकृत शत्रुध्न यादव,लेखापाल लेकबहादुर नेपालीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याद खरिदका लागि २०७७ साल ११ महिना १९ गते रेजा ट्रेडिङ प्रालिसँग खरिद सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नुअघि नै २०७७ साल ११ महिना १३ गते भुक्तानी गरेको ,शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कहीकतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको ठहर छ।

उनीहरूले कानुनको प्रावधान विपरीत झुट्टा विवरण एवं राष्ट्रिय सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता एवं १३ लाख ९३ हजार ६८७ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको खुल्न आएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रत्येक व्यक्तिमाथि १३ लाख ९३ हजार ६८७ बिगो र सजाय माग गरिएको छ।

सम्बन्धित समाचार