AarthikBikash
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • राजनीति
  • मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो

मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो

  • बुधबार, जेष्ठ १६, २०८१
मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो

काठमाडौं – ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।

मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो। ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन् ।

लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका थिए । गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका थिए। जसलाई बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।

उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार