mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

  • बुधबार, जेष्ठ १६, २०८१
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं – राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि विहान ४ बजे नै खुल्ने भएका छन्।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले विहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

“यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि विहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे खोलिनेछ‚” उनले भने।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्रै पशुपतिनाथ मन्दिरका चारै ढोका विहान ४ बजे खोल्ने गरिएको थियो।

सम्बन्धित समाचार