AarthikBikash
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • राजनीति
  • माधव नेपालसँग प्रचण्ड र ओलीले गरे छलफल

माधव नेपालसँग प्रचण्ड र ओलीले गरे छलफल

  • शनिबार, जेष्ठ १९, २०८१
माधव नेपालसँग प्रचण्ड र ओलीले गरे छलफल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालसँग ओली र प्रचण्डले छलफल गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

भेटमा सत्तारुढ दल भए पनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ ।

नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

सिंहदरबारमा भएको तीन नेताबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त बैठकमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ।

Facebook Comments

सम्बन्धित समाचार