AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

  • शुक्रबार, जेष्ठ २५, २०८१
मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

काठमाडौं-मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।

मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन्।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन्।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन्। एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार