AarthikBikash
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • राजनीति
  • संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानुनमन्त्री नेतृत्वको समितिबीच वार्ता

संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानुनमन्त्री नेतृत्वको समितिबीच वार्ता

  • सोमवार, असार १०, २०८१
संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानुनमन्त्री नेतृत्वको समितिबीच वार्ता

काठमाडौं – संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच छलफल सुरु भएको छ।

बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री गिरीको नेतृत्वको समितिबीच छलफल चलिरहेको हो।

अहिले युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी छन्।

आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो।

समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार