AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • ढुंगा लागेर बस चालकको मृत्यु

ढुंगा लागेर बस चालकको मृत्यु

  • शुक्रबार, असार २८, २०८१
ढुंगा लागेर बस चालकको मृत्यु

काठमाडौं- नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक गुड्दै गरेको बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् । ढुंगा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार