AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घट्यो

  • आइतवार, साउन २७, २०८१
काठमाडौँ उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौं-काठमाडौं उपत्यकामा गाडी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ वटा दुर्घटना हुँदा एक सय ९१ जनाको ज्यान गएको थियो । तर गएको आर्थिक वर्षमा आठ हजार आठ सय ८१ वटा गाडी दुर्घटना हुँदा एक सय ७७ जनाको ज्यान गएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार