AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • निजामती विधेयकमाथि संसदीय समितिमा छलफल जारी

निजामती विधेयकमाथि संसदीय समितिमा छलफल जारी

  • बिहिबार, भदौ २०, २०८१
निजामती विधेयकमाथि संसदीय समितिमा छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ ।

आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो । बहुप्रतिक्षित निजामती विधेयक २०८० फागुन २१ गते संघीय संसदमा दर्ता भएको थियो।विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरी खतिवडाले आज विधेयकमाथि सैद्धान्तिक छलफल हुने बताए ।

२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो।त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेको थिएन।

Facebook Comments

सम्बन्धित समाचार