लमजुङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्न सबैमाथिअनुसन्धान हुने बताएका छन् ।
लमजुङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
सञ्चारमन्त्री गुरुङले सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने बताए ।
सञ्चारमन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताए।
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सञ्चारमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताएका हुन्।
सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।
सरकार सुशासनमा दृढताका साथ अघि बढेको दाबी गर्दै मन्त्री गुरुङले उक्त अभियान रोक्न खोज्नेहरू सफल नहुने बताए । दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ छ ।