काठमाडौं – गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।
उनले सोधपुछका लागि ३ महानगर प्रहरी नियन्त्रणमा लिइएको पनि बताए। यो घटनाको निष्पक्ष छानबिन गर्ने समेत बचन दिए।