AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचारीलाई जोगाउन मात्रै वर्तमान सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारीलाई जोगाउन मात्रै वर्तमान सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ

  • शनिबार, कार्तिक १०, २०८१
भ्रष्टाचारीलाई जोगाउन मात्रै वर्तमान सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कुनै सरकारले गर्न नसकेको सुशासनको काम आफुहरुले गरेको बताएका छन् ।

माओवादीले काठमाडौंमा गरेको खबरदारी सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये उत्कृष्ट काम गरेको बताए । उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,‘हामी दावाका साथ भन्न सक्छौँ यो देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे ।’

प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको बताए ।

लोडसेडिङ अन्त्य गर्न, मिटरब्याजीहरूविरुद्ध कानुन बनाएर पाँच छ हजार पीडितलाई मुक्त गराउन भूमिका खेलेको उल्लेख गरे ।

श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार