mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

  • शुक्रबार, कार्तिक १६, २०८१
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

मोरङ-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन्।

एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।

सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उनले बताए ।

उपाध्यक्ष पोखरेलले भने,‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ । हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्छन् । तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र सङ्कल्प हो ।’

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको उपाध्यक्ष पोखरेलले बताए ।

रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ परेको उनले बताए ।

उपाध्यक्ष पोखरेलले मुलुकलाई निकास दिन एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्नु परेको पनि बताए। मुलुकलाई थप संकटमा फस्न नदिन एमाले–कांग्रेस एक ठाउँमा उभिनु परेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

सम्बन्धित समाचार