AarthikBikash
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • राजनीति
  • रविबारे तोसिमाको टिप्पणी : प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

रविबारे तोसिमाको टिप्पणी : प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

  • सोमवार, कार्तिक १९, २०८१
रविबारे तोसिमाको टिप्पणी : प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सभापति रवि लामिछानेसँग प्रहरीले पर्याप्त‌ बयान नलिने गरेको आरोप लगाएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद कार्कीले यस्तो आरोप लगाएकी हुन् ।

उनले जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन ।

सांसद कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

तोसिमाले भनेकी छन्, ‘यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

रास्वपाका सभापति लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रविलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ ।

अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ । यसअघि नै रविको बयान सकिएकाले मंगलबार कास्की जिल्ला अदालतमा थुनछेकको बहस अघि बढ्न सक्नेछ।

यस्तोमा रास्वपा सांसद कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार