AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

  • बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं – नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको हो । यो चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको फ्रेमवर्क हो । यसको विस्तृत विवरण भने आइसकेको छैन ।

सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले सहमतिमा बीआरआई कोअपरेशन फ्रेमवर्कमा सहमति गरेका थिए । उक्त फ्रेमवर्कमा अनुदानबाट परियोजना सञ्चालन गर्ने भनिएको थियो ।

बीआरआई अनुदानबाट मात्रै सञ्चालन नहुने भएकोले चीनले उक्त बुँदामा संशोधन चाहेको थियो । स्रोतहरूका अनुसार बीआरआई परियोजना सञ्चालन चिनियाँ सहायतामा हुने व्याख्यापछि सहमति जुटेको हो । उक्त सहमतिपछि हस्ताक्षर भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।