काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ।
आज क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ। यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ। तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन्।
एनपीएलको प्लेअफमा सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले स्थान बनाएका छन्। लिग गत मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा जारी छ। खेल पुस ६ गते सकिँदैछ।