AarthikBikash
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तमु ल्होछारले समाजमा बन्धुत्वको भावनालाई मजबुत बनाएको छ : सभापति देउवा

तमु ल्होछारले समाजमा बन्धुत्वको भावनालाई मजबुत बनाएको छ : सभापति देउवा

  • सोमवार, पुस १५, २०८१
तमु ल्होछारले समाजमा बन्धुत्वको भावनालाई मजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।

तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।तमु ल्होसार/ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । सोमबार गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार