mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक १०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

  • सोमवार, माघ २१, २०८१
माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

काठमाडौं-नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले बताए।

यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

सम्बन्धित समाचार