धनगढी-नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आज धनगढीमा जागरण भेला गर्दैछन् ।
उनले शनिबार दिउँसो १२ बजे होटल पौवा धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्न लागेका हुन् । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उनले उपस्थितिको लागि आह्वान गरेका छन् ।
भेला सयौँ देशभक्त नागरिकहरूको सहभागिता रहने विश्वास गरिएको छ । एमालेबाट निष्कासित भएपछि डा. रावलले देशका विभिन्न जिल्ला पुगेर मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।
पूर्वका केही जिल्लाको भ्रमण गरेर हाल उनी गृहप्रदेश केन्द्रित छन् । उनले गृहजिल्ला अछाम पुगेर पनि विभिन्न कार्यक्रम गरेर फर्किसकेका छन् ।
उनले डोटी र डडेल्धुरामा पनि आफू निकट नेता कार्यकर्तालाई भेटेका थिए । हाल उनले धनगढी केन्द्रित भएर गतिविधि गरिरहेका छन् ।