AarthikBikash
बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

  • बिहिबार, बैशाख ३, २०८३
रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको हो ।

पराजुली २०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए ।

यसैगरी बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

रास्वपा संसदीय दलको नेता भने अहिले बालेन्द्र शाह छन् ।

सम्बन्धित समाचार