AarthikBikash
बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • राजनीति
  • शशांक कोइराला भन्छन् : पूर्णबहादुरमाथिको स्पष्टीकरण एकताको बाधक हो

शशांक कोइराला भन्छन् : पूर्णबहादुरमाथिको स्पष्टीकरण एकताको बाधक हो

  • बिहिबार, बैशाख ३, २०८३
शशांक कोइराला भन्छन् : पूर्णबहादुरमाथिको स्पष्टीकरण एकताको बाधक हो

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टीभित्रको बृहत् एकतामा असर पार्ने बताएका छन्।

नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवादप्रति चिन्ता व्यक्त गर्दै उनले एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई अपिल गरेका छन्।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा यस्ता आन्तरिक कदमले स्थिति थप जटिल बनाउन सक्ने उनको भनाइ छ।

कोइरालाले १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण भइसकेको उल्लेख गर्दै अहिले पुनः अद्यावधिक गर्ने कुरा सान्दर्भिक नभएको धारणा राखे।

उनका अनुसार कांग्रेस सैद्धान्तिक रूपमा विभाजित नभए पनि व्यवहारिक गतिविधिले पार्टीलाई असहज अवस्थातर्फ धकेलिरहेको छ।

उनले भने, पछिल्लो समय ‘रुपान्तरण’ का नाममा भएका गतिविधिले पार्टीलाई कमजोर बनाएको छ र अहिलेको अवस्थामा एकता कायम गर्नु नै सबैभन्दा ठूलो आवश्यकता हो।

अदालतमा मुद्दा विचाराधीन रहेका बेला आन्तरिक विवाद बढाउने खालका निर्णयले पार्टी जीवन थप संकटमा पर्न सक्ने उनको चेतावनी छ।

सम्बन्धित समाचार