काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ निर्वाचित सांसद नरहेको क्षेत्रमा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको उनले बताए ।
हाल १८२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको रास्वपाले देशभर १२५ स्थानमा प्रत्यक्ष र समानुपातिकबाट ५७ सिट पाएको थियो ।
जसअनुसार १२५ प्रत्यक्ष निर्वाचित बाहेकका ४० निर्वाचन क्षेत्रमा भने समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोक्ने छ ।