AarthikBikash
सोमवार, बैशाख १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल

सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल

  • सोमवार, बैशाख १४, २०८३
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पौड्याललाई आज बसेको मन्त्रीपरिषद्‌ बैठकले आईजीपीमा बढुवा गरेको हो ।हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।

हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।

पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । २०५४ चैत १८ गते नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए ।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।

आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो ।

सम्बन्धित समाचार