काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी राष्ट्रिय महाधिवेशन मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा सञ्चालन गर्ने निर्णय गरेको हो ।महाधिवेशनपूर्व संगठनात्मक तयारीलाई व्यवस्थित बनाउन विभिन्न तहगत कार्यतालिका पनि तय गरिएको छ। सोअनुसार जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूको संरचनागत समायोजन सम्पन्न गरिनेछ।
त्यसपछि असार र साउन महिनामा श्रम शिविर तथा सदस्यता नवीकरण कार्यक्रम सञ्चालन गरिनेछ। भदौ १५ सम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका तहका अधिवेशन र असोज मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना छ।
त्यस्तै कात्तिक १५ भित्र प्रदेश अधिवेशन पूरा गरी अन्तिम चरणमा मंसिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको हो।