AarthikBikash
मङ्लबार, बैशाख १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मौसम : भारी बर्षा हुने, राती यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

मौसम : भारी बर्षा हुने, राती यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

  • मङ्लबार, बैशाख १५, २०८३
मौसम : भारी बर्षा हुने, राती यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग आज र भोली केही प्रदेशमा भारी वर्षा हुने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

दुई दिन सातै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेकोले विभागको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार