AarthikBikash
मङ्लबार, बैशाख १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झण्डै १८ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झण्डै १८ लाख ठगी, दुई जना पक्राउ

  • मङ्लबार, बैशाख १५, २०८३
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झण्डै १८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।पक्राउ मध्ये दीपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

त्यसपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका–६ बाट आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई कारबाही तथा आवश्यक अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

सम्बन्धित समाचार